नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका २०७६ मा संशोधन गरेको छ। संशोधन अनुसार अब बैंकहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन पठाउनुपर्नेछ।
यसमा, सरकारी कारोबार गर्ने वाणिज्य बैंकका केन्द्रीय कार्यालयहरूले आफ्ना शाखाहरूले क र ग समूहको खातामा गरेका सरकारी कारोबारको विवरण एकीकृत दैनिक रूपमा तयार गरेर, राष्ट्र बैंकको बैंकिङ महाशाखामा कारोबार भएको भोलिपल्ट मध्याह्न १२ बजेभित्र पठाउनु पर्नेछ।
बजेट खर्च खाताको जोर र बिजोर वर्षको अनुसूची १६ अनुसार, दैनिक कारोबारको विवरण कारोबार सकिएपछि जम्मा हुने रकमको भौचरसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ। साथै, धरौटी खाताको अनुसूची १७ अनुसारको विवरण सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ।
त्यसैगरी, सरकारी कारोबार गर्ने अनुमति प्राप्त वाणिज्य बैंकको केन्द्रीय कार्यालयले नेपाल सरकार र स्थानीय तहको खातामा रहेको साप्ताहिक मौज्दात विवरण प्रत्येक शुक्रबारसम्म तयार गरी राष्ट्र बैंकको बैंकिङ विभागमा ई-मेलमार्फत पठाउनु पर्नेछ।
संशोधन मार्फत अब बैंकहरूले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, विकास आयोजना समिति, संघसंस्थाको नाममा क, ख र ग समूहको खाता बाहेक अन्य खाता खोल्न नपाउने व्यवस्था गरिएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया