राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक प्रक्रियाबाट नेता बन्न सुझाव दिएका छन्।
आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले जनताको बलबाट अन्त्य भएको राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने स्पष्ट पारे।
उनले भने, “नेपाली जनताले जनआन्दोलनको बलमा राजतन्त्र हटाएर बहुदलीय व्यवस्था स्थापित गरेका हुन्। अब पुनः राजा बन्ने चाहना त्याग्नुहोस्, आफ्नै नेतृत्वमा प्रजातान्त्रिक पार्टी दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिनुस्। निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकाससहित समृद्धि कायम गरेर जनतालाई देखाइदिनुस्।”




















प्रतिकृया