राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव राखेका थिए र उक्त प्रस्ताव केन्द्रीय समितिले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
यस निर्णयसँगै रास्वपाको संसदिय गतिविधि औपचारिक रूपमा प्रारम्भ भएको छ र अब संसदीय कामकाजमा दलको नेतृत्व बालेन्द्र शाहको जिम्मेवारी हुनेछ।


प्रतिकृया