पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिएका छन्। उनले भिडियो सन्देशमार्फत नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने सोचका साथ आफूले हुर्काएको पार्टीको नेतृत्व नयाँ साथीहरूलाई सुम्पेर अब अभिभावकीय भूमिकामा रहने निर्णय गरेको बताएका छन्।भट्टराईले भने, “अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने सोचका साथ मैले पार्टीको नेतृत्व नयाँ साथीहरूलाई सुम्पेर अभिभावकीय भूमिकामा रहने निर्णय गरेँ।”
उनले चुनाव घोषणा भएको समयमै आफूले चुनाव नलड्ने निर्णय गरेको भए पनि, देशको राजनीतिक अवस्था तरल रहेकाले र नयाँ दलहरूले आधारभूत समस्यामा अपेक्षित ध्यान नदिएको अनुभूतिका कारण उम्मेदवारी दिएको जानकारी दिए। भट्टराईले भने, “राष्ट्रिय स्वाधीनताको प्रश्न, चीन, भारत, अमेरिका जस्ता विश्व शक्तिहरूको भूराजनीतिक चासोको व्यवस्थापन, संविधानका केही त्रुटि सच्याउने आवश्यकता, शान्ति प्रक्रियाका बाँकी काम, आर्थिक नीति निर्माण, र गोर्खामा अधुरा विकास योजनाहरू अघि बढाउने जिम्मेवारीका कारण संसदभित्र रहेर भूमिका खेल्नुपर्ने निष्कर्षमा पुगेँ। त्यसैअनुसार मैले उम्मेदवारी दर्ता पनि गराएँ।”















प्रतिकृया