६७ जना यात्रु बोकेको अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानमा दुर्घटना

६७ जना यात्रु बोकेको अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानमा दुर्घटना
AdvertisementAds

अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान कजाकस्तानको अकताउ सहरमा बुधवार दुर्घटनाग्रस्त भएको छ। बिबिसीका अनुसार जहाजमा ६७ जना यात्रु सवार थिए, र प्रारम्भिक विवरणले हताहतीको आशंका गरिएको छ।

कजाकस्तानको आपतकालीन मन्त्रालयले दुर्घटना स्थलमा पुग्न प्रयास जारी राखेको जनाएको छ। रोयटर्सले रुसको समाचार एजेन्सीलाई उद्धृत गर्दै विमान अजरबैजान एयरलाइन्सको रहेको पुष्टि गरेको छ।

विमान अजरबैजानको बाकुबाट रुसको चेचन्यास्थित ग्राजनीतर्फ गइरहेको थियो। बाक्लो कुहिरोका कारण विमानले मार्ग परिवर्तन गर्नुपरेको अनुमान गरिएको छ।

बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स