आशा लघुवित्तले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
आशा लघुवित्तले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको जनाएको छ।

साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जानकारी दिएको छ।

लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते बुक क्लोज गरिएको हुँदा मंसिर २१ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको हो।

साथै, सो अवधिसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का रहेकाले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ। कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स