instainsta

के ठूला सेयर लगानीकर्ताहरु सीआईबी अनुसन्धानको घेरामा परेका हुन् ?

के ठूला सेयर लगानीकर्ताहरु सीआईबी अनुसन्धानको घेरामा परेका हुन् ?
AdvertisementAds

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर बजारका केहि ठूला लगानीकर्ताहरुलाई इन्साइडर ट्रेडिङ्गको आरोपमा बयान लिएको छ भन्दै बुधबार दिउँसोदेखि नै बजारमा हल्ला फैलियो। सीआईबी प्रवक्ताको हवाला दिँदै फैलिएको हल्लाले बजारमा तरङ्ग उत्पन्न गर्यो।

सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार सेयर कारोबारी दिपेन्द्र अग्रवाल बाहेक सेयर बजारसँग सम्बन्धित अन्य कुनै पनि केसमा सीआईबीले अनुसन्धान गरेको छैन। अग्रवालको मुद्धा अदालतमा विचाराधीन रहेको र सो मुद्धामा अनुसन्धान जारी नै रहेकाले सो मुद्धासंग सम्बन्धित व्यक्तिहरुसँग आवश्यकता अनुसार सीआईबीले बयान लिनसक्ने र प्रतिवादी बनाउनसक्ने पनि उनले बताए। सो बाहेकका अन्य कुराहरु अफवाह मात्रै भएको जानकारी श्रेष्ठले बजारको चिरफारलाई दिएका हुन्।

त्यस्तै, त्यसरी सिआईबीले फलानो फलानोलाई बयान लिन बोलायो भनेर हल्ला गरिए मध्येका दुई लगानीकर्ताले आफूलाई सीआईबीले नबोलाएको बजारको चिरफारलाई बताए। बजारमा त यस्तो हल्ला छ नि त भन्ने प्रश्नमा हाँस्दै एकले भने, ‘म आफै पनि चकित परेको छु, साथीभाईहरुले फोन गरेर सोधिरहेका छन्, तर त्यस्तो केहि होईन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स