फरार बन्दीलाई नक्खु कारागार प्रशासनको अपिल: तत्काल सम्पर्कमा आउनुहोस्

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २७ गते
फरार बन्दीलाई नक्खु कारागार प्रशासनको अपिल: तत्काल सम्पर्कमा आउनुहोस्
AdvertisementAds

ललितपुरस्थित नक्खु कारागार प्रशासनले हालैको जेनजी आन्दोलनका क्रममा जेल बाहिरिएका कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन औपचारिक अनुरोध गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कानुनी प्रक्रिया र विधिको पूर्ण पालना गर्न सबै फरार थुनुवा तथा कैदीलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो।

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहित केही कैदीबन्दी नक्खु कारागार परिसरबाट बाहिरिएका थिए। लामिछानेले भने आफू कानुनी प्रक्रिया पूरा गरेर छुटेको दाबी गरेका छन्। तर कारागार प्रशासनले फरार भनिएका सबै व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै नआए कानुनअनुसार थप कडा सजाय भोग्नु पर्ने चेतावनी दिएको छ।

सूचनामा भनिएको छ, “विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम राख्न सहयोग पुर्‍याउन सम्पूर्ण फरार बन्दीलाई औपचारिक अपिल गरिन्छ। सम्पर्क नआएमा कारागार ऐन २०७९ तथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स