एलन मस्कको स्पेसएक्स कम्पनीले निर्माण गरेको स्टारसिप-३६ रकेट बिहीबार नेपाली समय अनुसार बिहान ९:४५ बजे टेक्सासस्थित स्टारबेस परीक्षण स्थलमा विस्फोट भएको छ। रकेटको माथिल्लो भागबाट सुरु भएको आगो केही सेकेन्डमै पुरै रकेटलाई समात्दै विस्फोटमा परिणत भएको थियो। यसको ज्वाला र धुवाँ टाढा-टाढासम्म देखिएको थियो।
यो घटना स्टारसिपको १० औं परीक्षण उडानका लागि दोस्रो स्थिर अग्नि परीक्षण (static fire test) भइरहेको थियो। उक्त परीक्षणमा इन्जिनहरू जमिनमै सञ्चालन गरेर रकेटको प्रणालीहरू प्रक्षेपणका लागि तयार छन् कि छैनन् भन्ने मूल्यांकन गरिन्छ।
तर परीक्षण सुरु हुनु केही समयअघि नै इन्धन ट्याङ्की भएको रकेटको माथिल्लो भागमा एक्कासि विस्फोट भएको थियो। वरपरका बासिन्दाहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि उनीहरूको घरका झ्यालहरू समेत चर्किएका थिए।
विस्फोटको भिडियो पनि सार्वजनिक गरिएको छ, जसमा सुरुमा रकेटको टुप्पोबाट आगो निस्किएको देखिन्छ, र त्यसपछि सम्पूर्ण रकेट ठुलो आवाजसहित विस्फोट हुन्छ।
स्पेसएक्सले घटनापछि विज्ञप्ति जारी गर्दै परीक्षणस्थल वरपर पहिले नै पूर्ण सुरक्षा अपनाइएको भन्दै सबै कर्मचारी सुरक्षित रहेको पुष्टि गरेको छ। वरपरका बासिन्दालाई पनि कुनै क्षति नभएको जनाइएको छ।
घटनास्थलमा अग्नि नियन्त्रण टोलीहरू तुरुन्तै परिचालित भएका थिए र अहिले पनि आगो निभाउने र सफाइ गर्ने काम जारी छ। कम्पनीले सर्वसाधारणलाई परीक्षण स्थलको नजिक नजान अपिल गरेको छ।
क्यामरून काउन्टी सेरिफ कार्यालय र स्थानीय प्रहरीले पनि कोही घाइते नभएको औपचारिक जानकारी दिएका छन्।
(एजेन्सीहरुको सहयोगमा)

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया