याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कूल २९ लाख ३८ हजार ८२ जना योग्य आवेदकहरूमध्ये गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले जनही १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
यो निष्काशन २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म खुला गरिएको थियो जसमा कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन परेको थियो। कुल १८.६३ गुणा बढी आवेदन परेको यस आईपीओमा ४४ हजार ४१६ जनाको आवेदन रद्द भएको थियो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
