सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीहरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयका अनुसार सम्झौता बमोजिम प्रगति सन्तोषजनक नरहेको र पटक-पटकको निर्देशन बेवास्ता गरिएकोले यो कदम चालिएको हो।
यस सूचनामा कालिकादेवी निर्माण सेवा, महाकाली कन्स्ट्रक्सन, बानियाँ कुशेश्वर जे. भी., पि.एस. बानियाँ जे. भी., अनक जयदेवी जे. भी. र नाती कन्स्ट्रक्सनका ९ वटा सडक आयोजनाहरू समावेश छन्। ठेकेदारहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ, अन्यथा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का रद्द गरिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
