नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेडद्वारा जारी गरिएको ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर’ (SBLPNP) सूचीकृत गरेको छ। बैंकको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयरहरु नेप्सेमा सूचीकरण भएका हुन्।
यी सेयरहरूको दोस्रो बजारमा कारोबार वैशाख १० गतेदेखि सुरु हुनेछ। धितोपत्रको दोस्रो बजारमा यस प्रकारका अग्राधिकार सेयरहरू संस्थागत लगानीकर्ताहरू बीच मात्र खरिद बिक्री गर्न पाइने व्यवस्था छ। सर्वसाधारण लगानीकर्ता, सेयर दलाल, मर्चेन्ट बैंकर र सामूहिक लगानी कोषले यी सेयर खरिद बिक्री गर्न पाउने छैनन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
