शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र सञ्चालक शिरोमणि ढकालको राजीनामा स्वीकृत

शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना स्वतन्त्र सञ्चालक शिरोमणि ढकालको राजीनामा स्वीकृत गरेको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई औपचारिक पत्रमार्फत यस निर्णयको जानकारी गराएको हो।

सञ्चालक ढकालले पारिवारिक तथा स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको थियो। मिति २०८२ चैत ४ गते सम्पन्न सञ्चालक समितिको १४७औँ बैठकले उक्त राजीनामा सोही मितिदेखि नै लागु हुने गरी स्वीकृत गरेको कम्पनी सचिव लेखनाथ अर्यालले बताए।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स