एसईई २०८२ को नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

May 10, 2026

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा विभिन्न माध्यमबाट सार्वजनिक गर्ने सम्बन्धी सूचना जारी गरेको छ। नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सहजै प्राप्त गर्नका लागि बोर्डले एसएमएस, आईभीआर र वेबसाइट प्रयोग गर्ने व्यवस्था मिलाएको हो।

नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३९०६१ सर्टकोड मार्फत एसएमएस पठाउन सकिनेछ। यसका साथै आधिकारिक सरकारी पोर्टलहरु see.gov.np र neb.gov.np सहित कुल १४ वटा वेबसाइट र एपहरु मार्फत विद्यार्थीले आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स