ग्लोबल मनी विक २०२६ को अवसरमा धितोपत्र बोर्डको लगानीकर्तालाई विशेष सन्देश

Mar 16, 2026

नेपाल धितोपत्र बोर्डले ग्लोबल मनी विक २०२६ को अवसरमा धितोपत्र बजारका युवा तथा सर्वसाधारण लगानीकर्ताहरूका लागि महत्वपूर्ण सचेतनामुलक सन्देश जारी गरेको छ। यसले लगानीकर्ताहरूलाई बजारको उतारचढावप्रति सतर्क रहन र आधिकारिक सूचनाका आधारमा मात्रै विवेकपूर्ण लगानी निर्णय लिन आग्रह गरेको छ।

बोर्डले नवप्रवेशीहरूलाई प्राथमिक बजारबाट लगानी सुरु गर्न र दोस्रो बजारमा कम्पनीको वित्तीय विवरण, लाभांश र हकप्रद जस्ता पक्षहरूको अध्ययन गर्न सुझाएको छ। सामाजिक सञ्जालका हल्ला र अनावश्यक दबाबबाट बच्दै आधिकारिक निकायहरूको वेबसाइटमार्फत जानकारी लिन बोर्डले निर्देशन दिएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स