श्री सर्वोदय माध्यमिक विद्यालयद्वारा विद्युतीय तथा शैक्षिक सामग्रीका लागि शिलबन्दी दरभाउपत्र आह्वान

May 10, 2026

दाङको राप्ती गाउँपालिकास्थित श्री सर्वोदय माध्यमिक विद्यालयले शैक्षिक तथा प्रशासनिक प्रयोजनका लागि आवश्यक विभिन्न विद्युतीय उपकरण, फर्निचर र अन्य सामग्री खरिद गर्न शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। यस अन्तर्गत ७५ इन्चका ३ थान स्मार्टबोर्ड, १ थान थ्रि-इन-वान प्रिन्टर, २५ सेट डेस्क-बेन्च, पंखा र वेबसाइट निर्माण जस्ता कार्यहरू रहेका छन्।

इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक कागजात सहित विद्यालयमा दरभाउपत्र पेश गर्नुपर्नेछ। आवेदकले कोटेशन रकमको १ प्रतिशत धरौटी रकम विद्यालयको खातामा जम्मा गरी भौचर संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स