सानिमा हाइड्रो र यससँग आबद्ध जलविद्युत आयोजना प्रवर्द्धक कम्पनीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने सामग्री तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेका छन्। यस अन्तर्गत स्टेशनरी, प्रेस, कुरियर, विद्युतीय उपकरण, फर्निचर, कम्प्युटर तथा आईटी सामग्री, विज्ञापन एजेन्सी, यातायात, स्वास्थ्य सामग्री, मर्मत सम्भार र सुरक्षा सेवा जस्ता विभिन्न १५ शीर्षकमा आवेदन माग गरिएको छ।
इच्छुक दर्ता भएका फर्महरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातहरू सहित धुम्बाराहीस्थित कार्यालयमा वा इमेल मार्फत छुट्टाछुट्टै आवेदन पेस गर्नुपर्नेछ। दर्ताका लागि कम्पनी दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र र आधिकारिक डिलर भए सोको प्रमाण संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
थप सुचनामा:

