बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

May 6, 2026

बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले भोलि बैशाख २४ गते बिहीबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो बिदा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा घोषणा गरिएको हो।

राजपत्रमा प्रकाशित सूचना अनुसार २०८३ साल वैशाख २४ गते बागमती प्रदेशका सबै सरकारी निकाय तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स