सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा आठवटा निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। २०८३ पुस २९ गते प्रकाशित सूचना अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो कारबाही गरिएको हो।
कालोसूचीमा पर्ने कम्पनीहरूमा आध्या व्यापार विन्दु, सोनी बिल्डर्स एण्ड इन्जिनियरिङ्ग, नागार्जुन/आशिका जे.भी., नागार्जुन-मजदुर जे.भी., नारायण भागरथी निर्माण सेवा, फ्रन्टलाइन बिल्डर्स, मैनाचुली निर्माण सेवा लगायत रहेका छन्। उनीहरूलाई एक वर्षदेखि डेढ वर्षसम्मको अवधिको लागि कालोसूचीमा राखिएको छ र यो अवधिभर उनीहरूले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
