घट्यो पेट्रोल र डिजेलको मूल्य

May 1, 2026

नेपाल आयल निगमले २०८३ वैशाख १७ गतेको निर्णयानुसार पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १२ रुपैयाँले घटाइएको छ। यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १५० रुपैयाँले बढाइएको छ।

यो नयाँ मूल्य प्रणाली २०८३ वैशाख १८ गते बिहान १२:०१ बजेदेखि देशभरका विभिन्न वर्गका क्षेत्रहरूमा लागू हुने निगमले जनाएको छ। मूल्य समायोजन पछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण यो निर्णय लिइएको हो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स