नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा नेपाल जलवायु वित्त सुविधा विकासका लागि बोलपत्र आह्वान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ‘नेपाल जलवायु वित्त सुविधा’ (NCFF) को अवधारणा पत्रलाई अन्तिम रूप दिन, सम्भाव्यता अध्ययन गर्न र परियोजना कागजात तयारीका लागि योग्य परामर्शदाता फर्महरूबाट सिलबन्दी प्राविधिक तथा वित्तीय प्रस्ताव आह्वान गरेको छ। यो कार्यक्रम हरित जलवायु कोष (GCF) को तत्परता कार्यक्रम अन्तर्गत सञ्चालित रहेको छ।

इच्छुक बोलपत्रदाताहरू जलवायु वित्तको क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको र पछिल्लो ३ वर्षमा औसत वार्षिक कारोबार ७.५ मिलियन रुपैयाँ भएको हुनुपर्नेछ। बोलपत्रहरू ५ प्रतिशत बिड बण्ड सहित जेठ ८, २०८३ (२२ मे, २०२६) को साँझ ५:०० बजेभित्र बैंकको दरबारमार्गस्थित प्रधान कार्यालयमा पेश गरिसक्नुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स