नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत (CEO) ज्योति प्रकाश पाण्डेको राजीनामाबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारहरू भ्रामक र आधारहीन भएको स्पष्ट पारेको छ। बैंकले २०८३ वैशाख २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त हल्लाको खण्डन गरेको हो।
विज्ञप्ति अनुसार सिइओ पाण्डे हाल आफ्नो जिम्मेवारीमा पूर्ण रूपमा सक्रिय रहेका र बैंकको व्यवस्थापनमा निरन्तर कार्य गरिरहेको छ। बैंकले आधिकारिक स्रोतबाट पुष्टि नगरी यस्ता सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै ग्राहक र सेयरधनीहरूको हितमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
