नेप्सेले २१ सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन गरेको आग्रह

Apr 9, 2026

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका २१ सूचीकृत कम्पनीहरूलाई बाँकी रकम र जरिवाना तुरुन्त बुझाउन निर्देशन दिएको छ। यी कम्पनीहरूलाई यसअघि नै पत्राचार गरिए तापनि हालसम्म शुल्क भुक्तानी नभएकोले अन्तिम सूचना जारी गरिएको हो।

सम्बन्धित कम्पनीहरूले ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा ५ करोडसम्म चुक्ता पुँजी हुनेले ५० हजार र सोभन्दा माथि हुनेले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्नेछ। तोकिएको समयमा शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नेछ र भौचर इमेलमार्फत पठाउनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स