नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो भद्रकाली, काठमाडौँस्थित युएनआई शान्ति मार्गमा रहेको भवन तथा सम्पत्तिको सुरक्षाका लागि सुरक्षागार्ड आपूर्ति गराउन राष्ट्रिय स्तरको विद्युतीय बोलपत्र आव्हान गरेको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत तथा अद्यावधिक भएका सेवा प्रदायक संस्था, फर्म वा कम्पनीहरूले यस बोलपत्र प्रक्रियामा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ।
इच्छुक बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (www.bolpatra.gov.np) मार्फत बोलपत्र सम्बन्धी कागजातहरू डाउनलोड गर्नुपर्नेछ। सूचना अनुसार योग्य बोलपत्रदाताहरूले मिति २०८३ साल भदौ १८ गते दिनको १२:०० बजेभित्र विद्युतीय प्रणालीमार्फत नै आफ्ना बोलपत्रहरू पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। रीतपूर्वक प्राप्त भएका बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे उपस्थित हुन चाहने बोलपत्रदाता वा निजका प्रतिनिधिको रोहबरमा नेप्से कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।
बोलपत्र पेश गर्दा बोलपत्रदाताले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाबाट जारी गरिएको कम्तिमा २ लाख रुपैयाँ बराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ। उक्त जमानतको मान्यता अवधि बोलपत्र खोलेको मितिबाट कम्तिमा १२० दिन हुनुपर्ने व्यवस्था छ। नगद रकम जम्मा गर्न चाहने बोलपत्रदाताले ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादीमा रहेको नेप्सेको अपरेटिङ खाता नम्बर ०७५०१०१००००७७५ मा रकम जम्मा गरी सोको बैंक भौचर पेश गर्नुपर्नेछ। थप जानकारीका लागि कार्यालय समयभित्र नेप्सेको टेलिफोन नम्बर ०१-५३५०७५५ मा सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:



