नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा उपभोग र भुक्तानीका सम्बन्धमा सर्वसाधारणलाई सचेत गराएको छ। बैंकहरूले सर्वसाधारणको बचतलाई निक्षेपका रूपमा संकलन गरी सोही रकम आवश्यक पर्ने व्यक्ति वा संस्थालाई कर्जाका रूपमा प्रवाह गर्ने हुँदा कर्जाको सावाँ-ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व रहेको बैंकले स्पष्ट पारेको छ।
नियतवश वा कसैको बहकाउमा लागेर कर्जा भुक्तानी नगर्नु वित्तीय अनुशासन विपरितको कार्य मानिनेछ। कर्जा चुक्ता नगरेमा ऋणी र जमानीकर्तालाई कालो सूचीमा राख्ने, धितो लिलामी गर्ने र सामाजिक बहिष्कार जस्ता कानुनी कारबाहीहरू हुन सक्ने भएकाले समयमै भुक्तानी गरी सुरक्षित कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
