नेपाल राष्ट्र बैंकले मेसिन लर्निङ र डाटा साइन्सका लागि आवश्यक हाई-एन्ड पीसी (एआई वर्कस्टेशन) खरिद गर्न दर्ता भएका आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउ पत्र आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी हुन चाहने इच्छुक बोलपत्रदाताहरूले १००० रुपैयाँ दस्तुर तिरेर २०८३ जेठ २९ गते मध्यान्ह १२ बजेसम्म कार्यालय वा पिपिएमओको वेबसाइटबाट कागजात डाउनलोड गर्न सक्नेछन्।
बोलपत्र पेश गर्दा ३०,००० रुपैयाँ बराबरको बैंक जमानत वा तोकिएको खातामा नगद जम्मा गरेको रसिद संलग्न गर्नुपर्नेछ। दर्ता भएका दरभाउ पत्रहरू २०८३ जेठ २९ गते दिउँसो १ बजे बालुवाटारस्थित बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
