नेपाल राष्ट्र बैंकद्वारा तलब र ज्याला सूचकांक सफ्टवेयर निर्माणका लागि आशयपत्र माग

Jun 9, 2026

नेपाल राष्ट्र बैंकले ‘तलब र ज्याला सूचकांक (SWI)’ सफ्टवेयरको डिजाइन, विकास, जडान र मर्मत सम्भारका लागि योग्य परामर्शदाता फर्महरूबाट आशयपत्र (EOI) आह्वान गरेको छ। नेपाल सरकारको बजेट विनियोजन अन्तर्गत यो राष्ट्रियस्तरको परामर्श सेवाका लागि दरखास्त माग गरिएको हो।

इच्छुक परामर्शदाताहरूले २०८३ असार १० गते (२४-०६-२०२६) दिउँसो १२ बजेसम्म बोलपत्र पोर्टल www.bolpatra.gov.np/egp मार्फत विद्युतीय माध्यमबाट मात्र आवेदन दिन सक्नेछन्। छनौट प्रक्रियामा योग्यतामा ४०%, अनुभवमा ५०% र क्षमतामा १०% भार दिइनेछ भने सफल हुन न्यूनतम ६० अंक प्राप्त गर्नुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स