नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिको निर्णयले पेट्रोलमा प्रति लिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको छ।
यो नयाँ मूल्यदर २०८३ साल असार १७ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ। हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ४० रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ। पोखरा र भैरहवाको लागि भने लागत मूल्यमै बिक्री गरिने निगमले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
