नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित

Apr 20, 2026

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २०८३ साल वैशाख १० गतेका लागि तय गरेको आफ्नो तेस्रो वार्षिक साधारण सभा (AGM) विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। चितवन मिडटाउन होटल, भरतपुरमा आयोजना हुने भनिएको उक्त सभा सञ्चालक समितिको २०८३ वैशाख ४ गते बसेको ५२ औं बैठकको निर्णय अनुसार रद्द गरिएको हो।

यसअघि २०८२ चैत ११ र २९ गते पत्रिकामार्फत सार्वजनिक गरिएको साधारण सभा सम्बन्धी सूचना र २०८२ चैत २६ गतेका लागि तय गरिएको बुक क्लोजको प्रक्रिया समेत हाललाई स्थगित गरिएको कम्पनीले जनाएको छ। सभा स्थगित हुँदा सेयरधनीहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा माग्दै अर्को सूचना नआएसम्मका लागि सभाको मिति पछि सारिएको जानकारी दिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स