नेशनल लघुवित्तको अध्यक्षमा रविन सिजापती चयन

Apr 7, 2026

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रविन सिजापती चयन हुनुभएको छ। पूर्व अध्यक्ष केशवप्रसाद आचार्यको २०८२ चैत्र ९ गते असामयिक निधन भएपछि रिक्त रहेको उक्त पदमा सिजापतीलाई नियुक्त गरिएको हो।

संस्थाको २०८२ चैत्र २४ गते बसेको २०१ औं सञ्चालक समितिको बैठकले सिजापतीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यो नियुक्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम गरिएको कम्पनीले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स