मुक्तिनाथ विकास बैंकले बेच्दैछ २४ वटा मोटरसाइकल; सस्तोमा सवारी किन्ने यस्तो छ मौका

Apr 16, 2026

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका २४ वटा पुराना दुई पाङ्ग्रे सवारी साधनहरू लिलाम बिक्री गर्ने भएको छ। काठमाडौं र पोखरामा रहेका यी सवारी साधनहरू ‘जहाँ जे जस्तो अवस्थामा छन्’ सोही आधारमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बैंकले जनाएको छ।

इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र फारम भरी बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट वा पोखरा क्षेत्रीय कार्यालयमा बुझाउनुपर्नेछ। बोलपत्र फारमका लागि १,००० रुपैयाँ शुल्क तोकिएको छ र आवेदकले नागरिकता वा संस्था दर्ताको प्रतिलिपि साथै राख्नुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स