मातृभूमि लघुवित्तको सीईओमा वखत बहादुर बटाला नियुक्त

May 7, 2026

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको १८२ औं बैठकले संस्थाको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा वखत बहादुर बटालालाई नियुक्त गर्ने निर्णय गरेको छ। मिति २०८३ वैशाख २३ गते बसेको बैठकले यो महत्वपूर्ण निर्णय लिएको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बटालाको कार्यकाल ४ वर्षको रहनेछ। उनले आज वैशाख २४ गतेदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हाल्नेछन्। संस्थाले यस निर्णयको बोधार्थ नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरूलाई समेत पठाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स