मैलुङ खोला जलविद्युत कम्पनीद्वारा हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

May 5, 2026

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। कम्पनीको २०८२ पौष २८ गते सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी ३७ करोड ६३ लाख १९ हजार ८ सय रुपैयाँको १:०.७० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव स्वीकृत गरेको थियो।

सोही निर्णय बमोजिम कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धक नियुक्त गरेको हो। यस सम्बन्धी थप प्रक्रियाका लागि कम्पनी र क्यापिटल बीच सम्झौता सम्पन्न भइसकेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स