माछापुच्छ्रे बैंकद्वारा ८ शाखा कार्यालयहरू समायोजन

May 18, 2026

माछापुच्छ्रे बैंकले आफ्ना आठवटा शाखा कार्यालयहरूलाई नजिकैका अन्य शाखाहरूमा समायोजन गर्ने घोषणा गरेको छ। यो समायोजन प्रक्रिया आगामी २०८३ साल साउन १८ गतेदेखि कार्यान्वयनमा आउने बैंकले जनाएको छ।

समायोजन हुने शाखाहरूमा चितवनको हाकिम चोक, काठमाडौँका बालाजु, खुसीबु, कलंकी, कोटेश्वर, र ठमेल रहेका छन्। त्यस्तै कास्कीको लामाचौर र पर्साको विरगंज शाखा पनि क्रमशः बगर र आदर्शनगर शाखामा गाभिनेछन्। सेवाग्राहीले अब तोकिएका नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स