मोदी इनर्जी लिमिटेडले आफ्नो २ करोड २६ लाख ३० हजार ४६० कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको जानकारी दिएको छ। यस अन्तर्गत कम्पनीका संस्थापक सेयरधनीहरूको २ करोड १७ लाख ५० हजार कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको ८ लाख ४ हजार ३९० कित्ता र कर्मचारीहरूको ७६ हजार ७० कित्ता सेयर रहेका छन्।
धितोपत्र बोर्डको निर्देशन अनुसार यी सेयरहरूको लक-इन अवधि आगामी वैशाख ३० गते समाप्त हुनेछ। यद्यपि, कम्पनीको सञ्चालक समिति र उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको सेयर भने नियम अनुसार रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
