लक्ष्मी सनराइज बैंकका ३ क्षेत्रका धितोहरु लिलाम हुँदै

Apr 23, 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडले कर्जा लिई सर्तबमोजिम साँवा र ब्याज भुक्तानी नगर्ने विभिन्न ऋणीहरूको नाममा रहेको धितो सुरक्षणलाई पुनः लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले यसअघि पटक-पटक लिलाम बिक्रीको सूचना जारी गर्दा पनि कसैको बोलपत्र नपरेका कारण यो ७ दिने सार्वजनिक सूचना पुनः आह्वान गरेको हो।

इच्छुक बोलपत्रदाताहरूले सूचना प्रकाशित भएको मिति २०८३/०१/१० ले ७ दिनभित्र बैंकको वीरगञ्ज, इटहरी वा सुर्खेत शाखा कार्यालयहरूमा शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। यसमा वीरगञ्ज, इटहरी र सुर्खेत क्षेत्रका विभिन्न ऋणीहरूको व्यक्तिगत तथा संस्थागत धितो सम्पत्तिहरू लिलामीमा राखिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स