ललितपुर महानगरपालिकाद्वारा व्यावसायिक सिलाई सम्बन्धी तालिमका लागि पुनः आवेदन आह्वान

Jul 12, 2026

ललितपुर महानगरपालिकाले ललितपुर र चौगुनारायण फाउण्डेशन, झौखेल, भक्तपुरको सहकार्यमा ६ महिना अवधिको उद्योगमा आधारित ‘व्यावसायिक सिलाई’ (Professional Tailoring) विषयवस्तुमा ‘अन-द-जप-ट्रेनिङ’ मा सहभागी हुन पुनः आवेदन आह्वान गरेको छ। चालू आर्थिक वर्ष २०८३/२०८४ मा संचालन हुने यस तालिमको व्यवस्थापन एबीआईआर डिजायनर्स हब प्राइभेट लिमिटेड (ABiR Designers Hub Pvt. Ltd.) ले गर्ने सूचनामा उल्लेख छ। तालिमपश्चात् स्वदेशमा नै स्वरोजगार वा रोजगार हुन चाहने व्यक्तिहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।

यस तालिममा आवेदन दिनका लागि ललितपुर महानगरपालिकाको कार्यक्षेत्र भित्र बसोवास गर्ने र कम्तीमा १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिक हुनुपर्नेछ। आवेदकहरूले कम्तीमा ३ महिना अवधिको एड्भान्स सिलाई (Advanced Tailoring) तालिम प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ। आवेदन दिन इच्छुक व्यक्तिहरूले आवश्यक कागजातहरू सहित मिति २०८३/०३/३० गतेभित्र आवेदन पेश गरिसक्नुपर्नेछ।

निवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ललितपुर महानगरपालिकामा स्थायी बसोबास खुल्ने कागजात (बसाइसराइ वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि) र एड्भान्स सिलाई तालिम प्राप्त गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। इच्छुक व्यक्तिहरूले उपलब्ध गराइएको क्युआर कोड (QR Code) स्क्यान गरेर वा तोकिएको अनलाइन लिंकमार्फत आवेदन दिन सक्ने सूचनामा जनाइएको छ। थप जानकारीका लागि आधिकारिक

सूचना हेर्नुहोस्:

 

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स