ललितपुर महानगरद्वारा ट्राफिक लाइट जडानका लागि बोलपत्र आह्वान

May 24, 2026

ललितपुर महानगरपालिकाले ललितपुरमा इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणालीको दोस्रो चरणको डिजाइन, जडान र सञ्चालनका लागि योग्यता पुगेका नेपाली निर्माण व्यवसायीहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको छ। यस कार्यका लागि इच्छुक बोलपत्रदाताको पछिल्लो १० वर्षमा औसत वार्षिक निर्माण कारोबार ६ करोड ६६ लाख ८० हजार रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ।

बोलपत्र फारम दस्तुर ५ हजार रुपैयाँ र धरौटी रकम १२ लाख ८७ हजार रुपैयाँ तोकिएको छ। इच्छुक कम्पनीहरूले २०८३ जेठ २९ गते दिउँसो १२ बजेसम्म नेपाल सरकारको ई-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन् र सोही दिन दिउँसो १:३० बजे बोलपत्र खोलिनेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स