काठमाडौं महानगरपालिकाद्वारा विभिन्न निर्माण कार्यका लागि बोलपत्र आह्वान

May 14, 2026

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सडक स्तरोन्नति, विद्यालय भवन मर्मत, मन्दिर निर्माण र ढल पाइप जडान लगायतका आठवटा विभिन्न विकास निर्माणका कामहरूका लागि विद्युतीय बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत आलतार चलेटर विरुवा सडक खण्ड, ककनी मरणपाटी सडक, महेन्द्रोदय विद्यालय भवन र खानेपानी पाइपलाइन जडान जस्ता आयोजनाहरू रहेका छन्।

इच्छुक योग्य नेपाली बोलपत्रदाताहरूले नेपाल सरकारको ई-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मिति २०८३ जेठ ८ गते र अन्य बोलपत्रहरूको लागि २०८३ जेठ २२ गते मध्यान्ह १२ बजेसम्म तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स