काठमाण्डौ फरेस्ट्री कलेजद्वारा विभिन्न सेवा तथा सामान आपूर्तिका लागि सूची दर्ता आह्वान

Jul 30, 2026

काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८, मातातीर्थमा अवस्थित काठमाण्डौ फरेस्ट्री कलेजले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न आपूर्ति, सेवा, खरिद तथा मर्मत कार्यहरूका लागि इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी वा व्यक्तिहरूबाट सूची दर्ताका लागि आवेदन आह्वान गरेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक योग्यता पुगेका सेवा प्रदायकहरूले कलेजको कार्यालयमा रितपूर्वक निवेदन दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ।

सूची दर्ताका लागि आवेदन दिँदा संस्था वा फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्रको आफैँले प्रमाणित गरेको प्रतिलिपि संलग्न राख्नुपर्ने कलेजले जनाएको छ। आवेदन प्रक्रिया गोप्य सिलबन्दी हुनुपर्नेछ भने यससम्बन्धी कोटेशन फारम कलेजको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जानकारी गराइएको छ।

आपूर्ति तथा सेवाहरू अन्तर्गत छपाई कार्य, स्टेशनरी आपूर्ति, सीसीटीभी तथा बायोमेट्रिक उपकरण जडान, फर्निचर, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान खरिद तथा वार्षिक मर्मत सम्भार (AMC) रहेका छन्। यसैगरी विज्ञापन, ट्राभल एजेन्सी, मेडिकल सामग्री, कलेज पोसाक, इन्टरनेट तथा भीपीएन सेवा र एयर कन्डिसनर खरिद तथा मर्मत लगायतका कुल १४ वटा समूहमा सेवा प्रदायकहरू सूचीकृत हुन सक्ने कलेज प्रशासनले जनाएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स