कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको १४ लाख कित्ता साधारण सेयरको बाँडफाँड सम्पन्न गरेको छ। चैत्र १० देखि २४ गतेसम्म खुला गरिएको उक्त सेयर निष्काशनमा रीतपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई प्रचलित कानुन बमोजिम २०८३ वैशाख १४ गते सेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडमा नपरेका वा आंशिक परेका आवेदकहरूको रकम २०८३ वैशाख १७ गतेदेखि निजहरूले आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा सिधै रकमान्तर गरिने व्यवस्था मिलाइएको छ। लगानीकर्ताहरूले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न र थप विवरणका लागि सानिमा क्यापिटल वा कम्पनीको वेबसाइट हेर्न सक्नेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
