आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहको ९४ हजार ७९७ कित्ता सेयर बिक्री गर्ने भएको छ। इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम २४० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यो सेयर खरिदका लागि साविकका संस्थापक सेयरधनीहरूले प्राथमिकता पाउनेछन्।
आवेदन फारम रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटारबाट प्राप्त गर्न र बुझाउन सकिनेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ चैत २५ गते अपराह्न ३:०० बजेसम्म तोकिएको छ र प्राप्त आवेदनहरू चैत २६ गते बिहान ११:०० बजे खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
