नेपाल स्टक एक्सचेन्जमा आइ.सि.एफ.सि. फाइनान्सको ऋणपत्र सूचीकृत

Apr 6, 2026

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड बीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘८% आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ नामक कुल ५,००,००० कित्ता ऋणपत्र सूचीकृत गरिएको हो।

प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको दोस्रो बजारमा कारोबार चैत २४ गतेबाट सुरु हुनेछ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेले चैत २२ गते यो निर्णय गरेको हो। यसको सेयर रजिष्ट्रार सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले प्रदान गर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स