हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी (ब्रोकर नं. ५५) लाई एचएलआई लार्ज क्याप फण्डको २२ करोड २५ लाख ७३ हजार ५ सय ९० रुपैयाँ ७१ पैसा फिर्ता गर्न अन्तिम ताकेता गरेको छ। सेयर खरिदका लागि पटक पटक रकम उपलब्ध गराउँदा पनि सेयर खरिद नगरेको र रकम समेत फिर्ता नगरेकोले यो सूचना जारी गरिएको हो।
उक्त रकम, ब्याज र हर्जाना सहित सूचना प्रकाशित भएको ७ दिन भित्र फिर्ता नगरेमा ब्रोकर कम्पनी र यसका सञ्चालकहरू उपर कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ। यसअघि पनि पटक-पटक ताकेता गर्दा ब्रोकरले रकम फिर्ता गर्न कुनै चासो देखाएको छैन।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
