ग्रामीण विकास लघुवित्तद्वारा सूचना प्रविधि सेवा खरिदका लागि बोलपत्र आह्वान

May 14, 2026

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न सूचना प्रविधि (IT) सेवाहरू खरिदका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको बुटवलस्थित प्रधान कार्यालयबाट १,००० रुपैयाँ दस्तुर बुझाई बोलपत्र फारम खरिद गरी दर्ता गर्नुपर्नेछ।

यस अन्तर्गत संस्थाले एण्ड पोइन्ट सेक्युरिटी सफ्टवेयर, भीपीएन जडान र इमेल तथा वेब होस्टिङ सेवाहरू खरिद गर्न लागेको हो। थप जानकारीका लागि संस्थाको फोन नम्बर वा वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स