निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन सरकारको कडा निर्देशन

May 14, 2026

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन जारी गरेको छ। प्रचलित कानुन अनुसार निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ र निष्पक्ष राख्न यो सूचना प्रकाशित गरिएको हो।

निजामती सेवा ऐन, २०४९ बमोजिम राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। राजनीतिक दलको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्नेहरूलाई कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स