नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित ५०० ग्रामको हनी (Honey) मा न्यून गुणस्तर फेला पारेको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको ब्याच नम्बर NB00477 को नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न विभागले आदेश जारी गरेको छ। २०८३ जेठ ५ गते प्रकाशित यो सूचना अनुसार बाराको जितपुर सिमरास्थित उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

