खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रा. लि. द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउ बजारबाट तत्काल फिर्ता लिन आदेश जारी गरेको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको ब्याच नं. 04A को नमुना प्रयोगशालामा परीक्षण गर्दा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु सरकारले तोकेको मापदण्ड अनुसार नभेटिएपछि यो कदम चालिएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै उत्पादन फिर्ता गर्न र बिक्री वितरण नगर्न विभागले निर्देशन दिएको छ। २०८३ वैशाख ३१ गते प्रकाशित यो आदेश अनुसार रुपन्देहीको तिलोत्तमास्थित उद्योगले आफ्ना गुणस्तरहीन उत्पादन बजारबाट हटाउनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
