जेठ १४ गते बकर ईदको अवसरमा सार्वजनिक बिदा

May 22, 2026

नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयले २०८३ साल जेठ ८ गते एक विज्ञप्ति जारी गर्दै यस बारे जानकारी गराएको हो।

मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार यो वर्षको बकर ईद २०८३ साल जेठ १४ गते बिहीबार परेको छ। राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त दिन देशभर सार्वजनिक बिदा रहनेछ। मन्त्रालयले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स