नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २० वटा सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत भएका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइरहेको छ। अहिले यी सहकारीका ऋणीहरूबाट असुल गरिएको रकम र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमलाई नै बचत फिर्ताको आधार बनाइएको समितिले प्रष्ट पारेको छ।
समितिले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ। यस कोषबाट प्राप्त हुने रकम हालसम्म वितरण नभएको र ऋण असुलीलाई नै प्राथमिकता दिएर सिधै बचतकर्ताको बैंक खातामा रकम पठाइने व्यवस्था गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
